गाउँपालिका अध्यक्ष लड्न आयल निगमका अधिकृतले राजीनामा दिए
काठमाडाैं | बैशाख १०, २०७९
काठमाडौं– गाउँपालिका अध्यक्षमा चुनाव लड्न नेपाल आयल निगमका अधिकृत (सातौं) गोपालचन्द्र राईले राजीनामा दिनुभएको छ ।
राईले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको अध्यक्षमा उम्मेदवार हुन राजीनामा दिनुभएको हो ।
एक महिनाअघि नै राजीनामा दिए पनि बिहीबारमात्रै स्वीकृत भएको राईले जानकारी दिनुभयो ।
विद्यार्थी राजनीति र पत्रकारिता पृष्ठभूमिका राई २०६९ चैत १ गतेदेखि नेपाल आयल निगमको इन्धन डिपो धनुषाबाट स्थायी जागिरे जीवन सुरु गर्नुभएको थियो । ‘निगममा मैले ९ वर्ष १ महिना ८ दिन सेवा गरेपश्चायत आजबाट यो अध्याय समाप्त भयो,’ उहाँले भन्नुभयो ।
राई नेपाल आयल निगम कर्मचारी संघ ९अधिकारीक ट्रेड यूनियन०को अध्यक्षसमेत हुनुहुन्थ्यो ।
खोटाङ जिल्लाका ८ वटा पालिकाहरुमध्ये दिप्रुङ चुइचुम्मा गाउँपालिका सरदरमुकाम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकादेखि दक्षिण भेगमा करीव २१ कोष दूरीमा पर्दछ ।
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...
काठमाडौं: नेकपा (एमाले) को ११ औं महाधिवेशनबाट निर्वाचित हुनुभएका पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । महाधिवेशनले सामयिक राजनीतिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। भक्...
पोखरा: गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सूचना, प्रविधि र सञ्चारबिनाको विकास अब सम्भव नभएको बताएका छन्। नेपाल टेलिकम वर्कर्स युनियनको १२ औँ महाधिवेशनक...

